बहस पैरवी छाडेर कानुन व्यवसायीको विरोध प्रदर्शन

होमल्याण्ड खबर

२०८० असार १८ गते, सोमबार १२:१५ मा प्रकाशित

ललितपुर जिल्ला अदालतअगाडि कानुन व्यवसायी विरोध प्रदर्शनमा उत्रिएका छन् । अधिवक्ता अमिर लामिछानेलाई पक्राउ गरिएको विरोधमा सभा आयोजना गरिएको हो ।

ललितपुर बार एसोसिएसनले आयोजना गरेको विरोधसभामा अधिवक्ता लामिछानेले पनि सम्बोधन गर्ने जनाइएको छ ।

जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङमाथि हातपात गरेको आरोपमा पक्राउ परेका अधिवक्ता लामिछाने रिहा भइसकेका छन् ।

सोही घटनाको विरोधस्वरूप नेपाल बार एसोसिएसनले आज देशभर बन्दीप्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस पैरवी नगर्ने जनाएको छ ।