९ मंसिर २०८१, आईतवार
नेपाल मलेसियामा जारी एसीसी मेन्स यू(१६ ईस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा सिंगापुरलाई ९८ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१ दशमलब ३ ओभरमा ८७ रन बनाउँदै अलआउट भयो। सिंगापुरका लागि ओपनर रोशन रविचन्द्रनले ३७ बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक २४ रन बनाए ।
कबिरले १५ बलमा २ चौकाको सहयोगमा ११ रन बनाए । सिंगापुरका अन्य १० ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि कृतिक कामतले ३ तथा सन्तोष यादव, अभिषेक तिवारी, नरेन भट्ट, प्रतिक पोखरेल र अशोक धामीले समान १र१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो। जितसँगै नेपालले मंगलबार हुने फाइनल खेलमा स्थान पक्का गरेको छ ।
अर्को सेमिफाइनलका विजेता मलेसियासँग नेपालले उपाधीका लागि खेल्नेछ । पराजित सिंगापुरले भने तेस्रो स्थानका लागि खेल्नेछ । तेस्रो स्थानका लागि मंगलबार नै सिंगापुरले अर्को सेमिफाइनलमा पराजित हङकङसँग खेल्नेछ ।