२ चैत्र २०८२, सोमबार
सत्तारूढ गठबन्धनको बैठक बस्दैछ।
गठबन्धनको बैठक आज दिउँसो ४ बजेका लागि बैठक बोलाइएको बताइएकाे छ ।


प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा कोशी प्रदेशमा नयाँ सरकार गठनको विषयमा छलफल हुने प्रमुख एजेन्डा रहेको एक नेताले बताए ।
विश्वासको मत पाउन नसक्दा शुक्रबार एमाले नेतृत्वको सरकार ढलेपछि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।
कोशी प्रदेशमा नयाँ सरकार निर्माणका लागि बिहिवारसम्मकाे समय दिइएकाे छ । आइतबार साँझ प्रदेश प्रमुख पर्शुराम खापुङले पाँच दिनको म्याद दिई नयाँ सरकार गठन गर्न आह्वान गरेका छन्। उनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि असार २१ गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका हुन्।
९३ सदस्यीय प्रदेश सभामा एक मत नपुगेर एमालेका हिक्मत कार्की नेतृत्वको सरकार ढलेको थियो। कार्कीले ४६ मत पाएका थिए भने विपक्षमा ४३ मत आएको थियो। सरकार गठन गर्न ४७ मत आवश्यक हुन्छ।
सरकारमा राप्रपालाई पनि सहभागी बनाइ सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्ने र मध्यावधिमा जानबाट राेकिने माओवादी तथा कांग्रेस नेताले बताउँदै आएका छन्।