८ मंसिर २०८१, शनिबार
विगतका वर्षहरुमा अल्ट्रेलिया सिड्नीमा चर्चित रहेको Glam Nepal International फेसन सो नेपालमा पनि आयोजना गरिएको छ । आगामी शनिबार उक्त सो को अडिसन पोखराको Club Sxteen मा हुदैं छ । विशेषगरी विलक्षण प्रतिभा भएका प्रतिभाशाली तथा क्षमतावान् फेसन डिजाइनर्सको प्रतिश्पर्धाको रुपमा आयोजना हुने यस कार्यक्रमको उत्कृष्ट ५ ले आफ्नो कला कौशल तथा पहिरन अस्ट्रेलियाको अन्तिम सो मा सोकेस गर्ने अवसर पाउन्छन् भने त्यहाँ अक्सन मार्फल पहिरनको बोली लगाई सेल पनि हुनेछ ।
पछिल्ला संस्करणमै नेपालका ख्याति प्राप्त फेसन डिजाईनर्सले आफ्नो कलेक्सन देखाईसकेको हुनाले पनि यस संस्करणमा भाग लिन चहानेको संख्या तथा रजिस्ट्रेसन पहिलेको तुलनामा बढ्दो छ ।
पोखरको अडिसन सके लगातै काठमाडौमा कर्मा वार एण्ड कल्वमा जुलाई १५ गतेको लागि अडिसन मिति तय गरिएको छ । छनौट प्रक्रिया फेसन डिजाईनर्स तथा मोडल दुवैको लागि हुनेछ भने आवेदन फारम खल्ती डिजिटल वालेटमा पाउन सकिन्छ । अडिसनमा डिजाईनर्सले आफूले बनाएको ३ मुख्य पहिरन सोकेस गर्नुपर्ने हुन्छ।
Glam Nepal International फेसन डिजाइनर्सहरुलाई अन्तराष्ट्रिय बजारमा पुर्याउन सक्ने Gateway र नवप्रवेशी डिजाईनर्सलाइ Life Changing Opportunity बन्नसक्ने कार्यक्रमको राष्ट्रिय संयोजक पवन आचार्य बताउछन्। विगतको दशकदेखि यस सेरेफेरोमा काम गरेका पवनलाई फेसन, डिजाइन, कला तथा कार्यक्रम व्यवस्थापनको प्रचुर ज्ञान छ । उनी भन्छन्,हामी Glam Nepal International लाई नेपालको अहिलेसम्मकै उदाहरणीय सो बनाउन प्रयासरत छौं ।