२ चैत्र २०८२, सोमबार
नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ।
लामो समयपछि सभापति शेरबहादुर देउवाले असार २७ गतेदेखि सुरू हुने गरी केन्द्रीय समिति बैठक बोलाएका हुन्।


बुधबार देउवा निवास धुम्बाराहीमा सभापति, उपसभापति र महामन्त्रीहरूबीच भएको फलफलपछि केन्द्रीय समिति बैठक आह्वान गर्ने समझदारी जुटेको हो।
कांग्रेसको विधानअनुसार प्रत्येक दुई महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने भएपनि गत वर्षको साउनदेखि केन्द्रीय समिति बैठक बस्न सकेको थिएन्।
जसका कारण गत मंसिरमा भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको समीक्षासमेत भएको थिएन्।
साथै जिल्ला सभापति बैठकलगायत विभिन्न विषयमा पनि आजको बैठकमा नेताहरूबीच छलफल भएको छ। भोलीको जिल्ला सभापतिहरूको बैठकमा साधारण तथा क्रियाशील सदस्यता, विभिन्न तहका सम्मेलनलगायतका विषयमा छलफल गर्ने एजेण्डा तय भएको बताइएको छ।