आफ्नो अभिव्यक्तिबारे विपक्षीले बबण्डर गर्न खोजेको प्रधानमन्त्री प्रचण्डको आरोप

होमल्याण्ड खबर

२०८० असार २० गते, बुधबार १५:०० मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबारको कार्यक्रममा आफूले दिएको अभिव्यक्तिबारे अहिले विपक्षीहरूले बबण्डर गर्न खोजेको आरोप लगाएका छन्।

बुधबार अखिल क्रान्तिकारीको स्ववियु काउन्सिलको भेलामा बोल्दै प्रधानमन्त्री प्रचण्डले सोमबार दिएको अभिव्यक्तिलाई लिएर अहिले विपक्षीहरूले बबण्डर गर्न खोजेको आरोप लगाएका हुन्।

उनले एउट किताब विमोचन गर्दै गर्दा आफूले बोलेको कुरा आफ्नो नभइ प्रितमसिंहको बारेमा बोलेको दाबी बताए।

उनले भने, ‘उहाँको बारेमा भनेको कुरालाई उचालेर अहिले बबण्डर गर्न खोजिएको छ। त्यो बेलुन पनि छिट्टै फुट्नेवाला छ। त्यसले केही हुनेवाला छैन। त्यसले के देखिन्छ भने हाम्रा विपक्षीहरुमा कति धेरै पूर्वाग्रह र विक्षिप्त छ भन्ने कुरा देखिन्छ। तर, हामी दृढताका साथ आफ्नो मिसनमा अगाडि बढेका छौं।’