प्रधानमन्त्रीको राजीनामा माग्नु स्टन्डबाजी हो : गृहमन्त्री श्रेष्ठ

होमल्याण्ड खबर

२०८० असार २१ गते, बिहीबार १०:४३ मा प्रकाशित

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको  राजीनामा मागेर संसद अवरूद्ध गर्नु अनावश्यक रहेकाे बताएका छन्।

प्रेस सेन्टर चितवनले बिहीबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै उपप्रधानमन्त्री श्रेष्ठले संसदबाट बहुमत प्राप्त प्रधानमन्त्रीको राजीनामा मागेर संसद अवरूद्ध गर्नु संसदीय मान्यताविपरितको कुरा रहेको बताएका हुन्।

‘राजिनामालाई स्टन्टबाजीको रूपमा बाहिर प्रचार गर्नु र भाषण गर्दा बोल्नु एउटा कुरा हो,’ उनले भने, ‘तर प्रधानमन्त्री जो  बहुमतद्वारा निर्वाचित छ, उहाँको राजीनामा माग गरेर संसद अवरूद्ध गर्नु संसदीय मान्यताविपरीतको कुरा हो। त्यसो गर्न मिल्दैन।‘

उपप्रधानमन्त्री श्रेष्ठले यी कुराहरू बुझेर विपक्षी दलहरूले  संसदलाई सुचारू गर्न सहयोग गर्नेमा आशावादी रहेको बताए।

उनले भ्रष्टाचारविरूद्धको अभियानमा प्रहरीलाई कुनपनि दबाब र प्रभावमा नपरी स्वतन्त्र ढंगले काम गर्न निर्देशन दिइएको र प्रहरीको अनुसन्धानमा जजसलाई ल्याउनुपर्ने देखिन्छ उनीहरूलाई कानुनी दायरामा ल्याइने बताएका छन्।