तुलसीपुरबाट रोल्पा जाँदै गरेको बसमा करेन्ट लाग्दा दुईजनाको घटनास्थलमै मृत्यु

होमल्याण्ड खबर

२०८० असार २१ गते, बिहीबार १२:०२ मा प्रकाशित

दाङको तुलसीपुरबाट रोल्पा जाँदै गरेको बसमा करेन्ट प्रवाह हुँदा दुईजनाको मृत्यु भएको छ। राप्ती राजमार्ग दाङअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोलामा रा १ ख ८३४ नम्बरको बसमा ३३ केभी प्रसारण लाइनको तारले छुदा करेन्ट लागेर दुईजना यात्रुको घटनास्थलमै मृत्यु भएको सल्यान प्रहरीका प्रवक्ता गोपाल श्रेष्ठले पुष्टि गरे।

उनका अनुसार घटनामा एकजना गम्भीर घाइते भएका छन् भने १८ जना सामान्य घाइते भएका छन्। घाइतेहरूको सल्यानको कपुरकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।