पर्यटनमन्त्रीले फेरि साेधे क्यानका महानिर्देशकलाई स्पष्टीकरण

होमल्याण्ड खबर

२०८० असार २१ गते, बिहीबार १२:५१ मा प्रकाशित

 नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पुनः स्पष्टीकरण सोधेका छन् ।

पहिलो स्पष्टीकरणको जवाफ अधिकारीले नदिएपछि ‘के कति कारणले जवाफ नदिएको हो’ भन्ने बेहोराको दोस्रो स्पष्टीकरण मन्त्री किरातीले सोधेका हुन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई गत असार ११ गते ९ बुँदे प्रश्न सोधिएको थियो ।

स्पष्ट जवाफ ३ दिनभित्र लेखेर पठाउन अनुरोध गरिएको मन्त्रालयले जनाएको छ । दोस्रो पटक पनि जवाफ नआए कानूनअनुसार प्रकृया अगाडि बढ्ने व्यहोरा पत्रमा उल्लेख गरिएको छ ।

अधिकारीले आफ्नो समाजिक संजाल द्विटरमा प्राधिकरण स्वायत्त संस्था भएको उल्लेख गरेका थिए ।