२ चैत्र २०८२, सोमबार
नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक दोस्रो दिन पनि जारी रहेकाे छ ।
हिजोदेखि सुरु भएको बैठक आज पनि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेकाे हाे।


सो बैठकमा ४२ जिल्लाका जिल्ला सभापतिहरुसहित अन्य केन्द्रीय र प्रदेशका प्रतिनिधिहरु सहभागी रहेका छन् ।
हिजाेकाे बैठकमा २६ जना जिल्ला सभापतिहरूले आफ्नो धारणा राखेका थिए भने बाँकीले आज आफ्नो धारणा राख्ने बुझिएको छ।
जिल्ला सभापतिहरूकाे धारणा सुनेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले त्यसको जवाफ दिने तथा पार्टीको निर्देशन दिने कार्यक्रम रहेको छ ।
पार्टीको पछिल्लो १४ औं महाधिवेशन पछि पहिलो पटक कांग्रेसले जिल्ला सभापतिहरूसँग बैठक आयोजना गरेको हो । बैठकमा पार्टी सदस्यता, जिल्ला समितिमा देखिएका बिबाद र समस्यालगायत केन्द्रीय समितिलाई सुझाव माग गरिएको छ ।