एमालेको अवरोधपछि राष्ट्रिय सभाको आजकाे बैठक पनि स्थगित

होमल्याण्ड खबर

२०८० असार २२ गते, शुक्रबार १३:२५ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीकाे राजीनामा माग्दै शुक्रबार पनि राष्ट्रिय सभा बैठकमा अवरोध जारी राखेको छ ।

आजको बैठक पनि अघि बढ्न नसकेपछि २४ असारमा बस्ने गरी बैठक स्थगित गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै लगातार ३ दिनदेखि एमालेले संघीय सदनका दुवै सभाको बैठक अवरोध गर्दै आएको छ ।

एमालेले प्रधानमन्त्रीको राजीनामा नआए संसद् चल्न नदिने अडान लिइरहेको छ।

एमालेका सांसदहरुले अवरोध गरेका कारण राष्ट्रिय सभाको बैठक शुक्रबार पनि नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित हुन पुगेकाे छ ।  राष्ट्रिय सभामा सरकारले ल्याएको विनियोजित विधेयकमाथि छलफल गर्ने कार्यसूची थियाे।