२ चैत्र २०८२, सोमबार
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा.आरजु राणा देउवाले स्वतन्त्र सांसद डा। अमरेश कुमार सिंहले आफूमाथि नियोजित प्रहार गरेको भन्दै गालीबेइज्जती तथा मानहानिको मुद्दा दर्ता गरेकी छन् ।
सांसद सिंहले पटक पटक आफ्नो चरित्रहत्या गरेको भन्दै गत जेठ २६ गते देउवाले सिंहलाई विपक्षी बनाई जिल्ला अदालत काठमाडौंमा गालीबेइज्जती मुद्दा दर्ता गराएकी हुन्।


आरजुनिकट स्रोतका अनुसार रिट निवेदनमा अमरेशलाई हदैसम्मको कारवाही गर्न माग गरिएको छ। उक्त मुद्दाको सुनुवाइका लागि जिल्ला अदालतमा असार २४ गतेका लागि पेशी तोकिएको छ ।
पछिल्लो समय अमरेशले आरजुलाई ‘गणतन्त्रकी पम्फादेवी’को संज्ञा दिँदै देशका ठूला भ्रष्टाचार काण्डमा आरजुको संलग्नता रहेको सार्वजनिक रुपमै अभिव्यक्ति दिदै आएका थिए ।
अमरेशविरुद्धको रिट निवेदनमा उनले सञ्चार माध्यममा दिएका अभिव्यक्तिलाई समेत पेस गरेको बताइएको छ ।