मिटरब्याज पीडित फेरि आन्दोलित

होमल्याण्ड खबर

२०८० असार २४ गते, आईतवार १५:४५ मा प्रकाशित

मिटरब्याज पीडित फेरि आन्दोलित भएका छन् । मिटरब्याजविरूद्धको कानून पारित गर्न माग गर्दै आइतबार पीडितहरु प्रदर्शनमा उत्रिएका हुन् । माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका पीडितहरुले आफूहरुसँग भएका सहमति कार्यान्वयन गर्न माग गरेका छन् ।

मिटरब्याज पीडितको न्यायका लागि भन्दै सरकारले ल्याएको विधेयक प्रमुख प्रतिपक्षी दल एमालेले गरेको सदन अवरुद्धका कारण निष्क्रिय भएपछि पीडितहरु आन्दोलनमा उत्रिएका हुन् ।