ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ

होमल्याण्ड खबर

२०८० असार २४ गते, आईतवार १६:०७ मा प्रकाशित

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थप दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले ध्रुव प्रसाद अर्याल र लोकहरि घिमिरेलाई पक्राउ गरेको हो । अर्याल र घिमिरेलाई काठमाडौँबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

आरोपी अर्याल तत्कालीन नापी कार्यालय काठमाडौँबाट ललिता निवासको जग्गा नाप जाँचमा खटिएका सर्वेक्षक हुन् । घिमिरे समरजङ्ग कम्पनीका प्रमुख हुन् ।