२ चैत्र २०८२, सोमबार
संसदको अवरोध खुलाउने विषयमा प्रधनमन्त्री, कांग्रेस सभापति र एमाले अध्यक्षबीच आज फेरि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा छलफल भएको छ । छलफल केही बेर अगाडी मात्रै सकिएको छ ।
बैठकपछि बाहिरिादै एमाले अध्यक्ष केपी ओलीले हिजो आइतबारको जस्तै छोटो प्रतिक्रिया दिए । आइतबार जस्तै उनले यत्ति भने,- अव पार्लियामेन्टमा थाहा हुन्छ ।


सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच आज पनि संसदको गतिरोध फुकाउने विषयमा छलफल भएको थियो ।
एमालेले प्रधानमन्त्री प्रचण्डले असार १८ गते दिएको अभिब्यक्तिलाई लिएर राजीनामा दिनुपर्ने अडान लिईरहेको छ । अडानका बीच आइतबार छलफल हुादा प्रधानमन्त्रीले सदनमा जवाफ दिने र एमालेले सदनको अवरोध हटाउने समझदारी बनेको थियो । तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले असार २१ मा जारी गरेको वक्तब्यलाई लिएर एमालेले फेरि नयाा शर्त राख्दा संसद गतिरोध हटन सकेको थिएन । त्यसपछि फेरि आज तीन नेताको छलफल भएको हो ।