प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्रीले स्पष्टीकरण दिँदै

होमल्याण्ड खबर

२०८० असार २५ गते, सोमबार १६:३० मा प्रकाशित

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकमा नेकपा एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर अवरोध गरेको संसद खुलाउन तयार भएपछि बैठक सुरु भएको हो ।

बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरु उठे । त्यसपछि सभामुख देवराज घिमिरेले सांसद गोकुल बास्कोटाले एमालेका तर्फबाट धारणा राखेका छन् । त्यसपछि रास्वपा सांसद रवि लामिछानेले धारणा राखेका छन् ।