लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो मनाङ एयरको हेलिकप्टर

होमल्याण्ड खबर

२०८० असार २६ गते, मंगलवार १२:४२ मा प्रकाशित

मंगलबार विहानदेखि बेपत्ता भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुराबाट सम्पर्कविहीन भएको थियो ।

लाम्जुरापास क्षेत्रमा नै हेलिकप्टर दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको दुर्घटनास्थलमा पुगेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतले जानकारी दिए ।अहिलेसम्म ५ वटा शव भेटिएको छ । उनीहरुको पहिचान भएको छैन । उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु थिए । प्रहरीले घटनास्थलमा उद्धारको काम सुरु गरिसकेको उनले जानकारी दिए ।