२ चैत्र २०८२, सोमबार
मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको ‘फस्ट लेडी’को हैसियतमा अन्तिम बिदाइ गर्ने निर्णय गरेको छ ।
बुधबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दाहाललाई राजकीय सम्मानका साथ बिदाई गरिने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।


बैठकले दिवङ्गत दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मान स्वरुप नेपाली सेनाको टुकडीले अन्तिम सलामी दिने व्यवस्था मिलाउने निर्णय भएको छ।
साथै बैठकले दाहालको निधनप्रति नेपाल सरकारको तर्फबाट दुःख तथा समवेदना प्रकट गर्ने निर्णयसमेत गरेको छ ।
सीता दाहाल लामो समयदेखि अर्धचेत अवस्थामा रहेकी थिइन्।
प्रचण्ड पत्नी दाहालको बुधवार बिहान ८ बजेर ३३ मिनेटमा ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो ।