२ चैत्र २०८२, सोमबार
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी जीवनसंगीनी सीता दाहालको पार्थिव शरिरमा छोरीहरु रेनु दाहाल, गंगा दाहाल र जेठी छोरीका ज्वाई सागर केसीलाई साथ लिएर प्रचण्डले दागवत्ती दिएका छन् । उनको हिन्दु सस्कार अनुसार अन्तिम दाहासस्कार गरिएको छ । सीताको आज बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

