नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

होमल्याण्ड खबर

२०८० असार २८ गते, बिहीबार १४:१२ मा प्रकाशित

नक्कली  भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थप एक जना पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सानोभर्‍याङबाट थप एक जनालाई पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ३० घर भई नयाँबजार खुशिबु बस्ने ५९ वर्षीय केशव तुलाधर रहेका छन्।   नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।

तुलाधरमाथि कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको एसपी रेग्मीले बताए।