२ चैत्र २०८२, सोमबार
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु हुँदैछ।
साेमबार बसेकाे पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले राखेकाे प्रस्ताव अनुसार कार्यसमिति बैठककाे प्रत्यक्ष प्रसारण हुने भएकाे छ।


पार्टी केन्द्रीय कार्यालयले आज दिउँसो १ बजेदेखि सुरु हुने बैठकको प्रत्यक्ष प्रसारण गर्ने जनाएकाे छ।
पार्टीको आधिकारिक फेसबुक पेजबाट बैठकको लाइभ गर्नका लागि प्राविधिक तयारी थालिएको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
लामो प्रयासपछि एक वर्षको अन्तरालमा कांग्रेसको केन्द्रीय समिति बैठक बस्न लागेको छ।
बैठमा छलफलका लागि चुनावी समीक्षादेखि रास्ट्रव्यापी अभियानलगायत १० एजेण्डा भएकाे छन्।