विमान ‘डिले’ भएपछि छानबिन समिति गठन

होमल्याण्ड खबर

२०८० श्रावण २ गते, मंगलवार १३:३३ मा प्रकाशित

नेपाल वायुसेवा निगमले नेपाल एयरलाइन्सको उडान राेकिएपछि छानबिन गर्न समिति गठन गरेको छ ।

क्वालालाम्पुर–भैरहवा–काठमाडौं उडानका क्रममा मलेसियामा नेपाल एयरलाइन्सको विमान उडान ‘डिले’ भएपछि निगमले छानबिन समिति गठन गरेको हो ।

निगमको आरए ४२२ उडान भर्नु अगाडि ककपिटमा हुने सिलिन्डरमा अक्सिजन कम भएको  भन्दै उडान राेकिएकाे थियो । सबै व्यवस्था गरेपछि अहिले विमान उडान भर्ने तयारीमा रहेको छ ।