त्रिभुवन विमानस्थलबाट १० हजार अमेरिकी डलरसहित एकजना पक्राउ

होमल्याण्ड खबर

२०८० श्रावण २ गते, मंगलवार १४:२० मा प्रकाशित

काठमाडाैंकाे त्रिभुवन विमानस्थलबाट १० हजार अमेरिकी डलरसहित प्रहरीले जनालाई पक्राउ गरेको छ ।

नेपाल एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका लेबनानका नागरिक ४२ वर्षीय एल यमन महमदलाई अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको १० हजार अमेरिकी डलरसहित आइतबार राति प्रहरीले पक्राउ गरेको हाे।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान गर्ने क्रममा जाँच गर्दा झोलामा लुकाई लैजान लागेको १ सय दरको १ सय थानमा रहेको उक्त अमेरिकी डलर फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि सोमबार राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको जनाइएकाे छ ।