२ चैत्र २०८२, सोमबार
नेपाली कांग्रेस केन्द्रीय समिति बैठक जारी छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरू बैठक बैठक एक वर्षपछि बसेको हो ।
बैठकमा विभिन्न १० वटा एजेन्डा तय गरिएको छ । केन्द्रीय समिति बैठकको पार्टीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण पनि गरिएको छ ।


बैठकमा समसामयिक विषय, राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासन, सांगठनिक कार्य योजना, विभाग गठन, निर्वाचन र सरकारको समीक्षा हुने बताइएको छ ।