फिल्मको पोष्टर टाँस्नेलाई महानगरले तिरायाे ५० हजार जरिवाना

होमल्याण्ड खबर

२०८० श्रावण २ गते, मंगलवार १६:५७ मा प्रकाशित

काठमाडौं महानगरपालिकाले फिल्मको पोष्टर टाँस्नेलाई ५० हजार जरिवाना तिराएको छ ।

काठमाडौं महागरपालिका क्षेत्रभित्र जथाभावी रूपमा फिल्मको पोष्टर टाँसेको भन्दै नेपाली वेवसाइट मिडिया हाउस प्रालिलाईलाई महानगर प्रहरी बलले ५० हजार जरिवाना तिराएको हो ।

फिल्मको पोष्टर टाँसेर दृश्य प्रदुषण तथा फोहोर मैला प्रदुषण गरेको भन्दै जरिवाना तिराएको महानगरपालिकाले जनाएको छ ।