यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

होमल्याण्ड खबर

२०८० श्रावण ३ गते, बुधबार ११:२७ मा प्रकाशित

आज बसेको मन्त्रिपरिषद्को बैठकले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरमा छुट दिने निर्णय गरेको छ।

बुधवार बिहान बालुवाटारमा बसेको बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा परिमार्जन गर्ने सूचना प्रकाशित गर्ने निर्णय गरेको हो ।

त्यस्तै, बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिको सदस्यमा त्यहाँ कार्यरत डा. रवि मल्ललाई नियुक्ति गर्ने निर्णय गरेको छ। बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डलको इटालीको भ्रमणलाई समेत स्वीकृत गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।