अब पुरानो इतिहास बेचेर नयाँ पुस्ताले कांग्रेसलाई पत्याउँदैन : जीवनबहदुर शाही

होमल्याण्ड खबर

२०८० श्रावण ३ गते, बुधबार १२:३१ मा प्रकाशित

नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहदुर शाहीले विगतको कुरा सुनाएर नयाँ पुस्ताले कांग्रेसलाई नपत्याउने बताएका छन्।

उनले २००७ साल र २०१७ सालको इतिहास बेचेर कांग्रेसलाई युवा पुस्ताले नपत्याउने बताएका हुन्।

मंगलबार केन्द्रीय समिति बैठकमा बोल्दै उनले नयाँ पुस्ताले पत्याउन युवाको आकांक्षा अनुसारका कामहरू कांग्रेसले गर्नुपर्ने बताए ।

“२००७ सालमा, २०१७ सालमा यो गरेको थ्यो यो भनेर अबको जनेरेसनले पत्याउँदैन, सुन्दैन,” उनले भने, “अहिले हामीलाई के भयो, मेरो बाटो बन्यो कि बनेन, खानेपानी आयो कि आएन, केन्द्रमा भएको कुरा मैले सुन्न पाएँ कि पाइनँ, मेरो भावना सुन्न पाएँ कि पाइनँ भन्छ ।”