धादिङबेँसी मलेखु सडक पहिरोले अवरुद्ध

होमल्याण्ड खबर

२०८० श्रावण ३ गते, बुधबार १४:०१ मा प्रकाशित

जिल्ला सदरमुकाम धादिङबेँसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबँेसी मलेखु सडक पहिरोले अवरुद्ध भएको छ । नीलकण्ठ नगरपालिका–८स्थित च्याडु घुम्ती नजिकै सडक माथिबाट खसेको पहिरोले दिउँसो १२ः३० बजेखदेखि सडकको दुबैतर्फ अवरुद्ध बनाएको हो ।

अहिले त्यस क्षेत्रमा सवारीसाधनको आवागमन पूर्णरूपले ठप्प भएको छ । पहिरोले ठूल्ठूला ढुङ्गा र रुखसमेत खसालेकाले तत्काल बाटो खुलाउन कठिन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो खसेको ठाउँ उकालो र साँघु घुम्तीसँगै भएकोले जोखिम बढेको छ ।