सुन तस्करीमा सत्तारुढ दलको नेताको नाम जोडिनु थप गम्भीर: एमाले महासचिव पोखरेल

होमल्याण्ड खबर

२०८० श्रावण ४ गते, बिहीबार १०:५६ मा प्रकाशित

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको नेतृत्वमा रहेका दलका नेताहरू नै सुन तस्करीमा जोडिँदा पनि कारबाही नहुनु गम्भीर विषय रहेकाे बताएका छन्।

महासचिव पाेख्रेलले प्रतिनिधिसभा बैठकमा समेत याे विषय उठनु पर्ने बताएका छन् ।

‘दिनहु सुन तस्करीका समाचारहरु आइरहेका छन्, सुन तस्करीमा सडक मात्र होइन, हवाई मार्गको समेत प्रयोग भईरहेको छ । केही दिन अघि इलेक्ट्रिक सिग्रेटमा लुकाई ल्याएको सुनलाई मिलोमतोमा छुट्टाउने प्रयास भएको समाचार सार्वजनिक भएको थियो,’ पोखरेलले भनेका छन, ‘हिजो त एअरपोर्टको सुरक्षा प्रणालीलाई पार गरेर वाहिरिएको एक क्विन्टल सुन वाहिरिको सुरक्षा निकायले समातेको समाचार छ ।’

उनले अगाडी लेखेका छन, ‘एअरपोर्ट जस्तो संवेदनशी ठाउको सुरक्षा प्रणाली र भंसार प्रशासन समेत तस्करीमा प्रत्यक्ष जोडिएको देखिनु गम्भीर विषय हो । त्यस माथि सुन तस्करीमा सरकारको नेतृत्व गरिरहेका दलका जिम्मेवार नेताहरुको नाम समेत मुछिनुले स्थिति निकै गम्भीर देखिन्छ, राष्ट्रलाई नै लज्जित बनाउने यस्ता घटनामा जनप्रतिनिधि मुलुक निकाय प्रतिनिधिसभाको ध्यान गम्भीर रुपमा जानु आवश्यक छ ।’