प्रधानमन्त्री प्रचण्ड र कतारका राजदूत हइलबीच भेटवार्ता

होमल्याण्ड खबर

२०८० श्रावण ४ गते, बिहीबार १२:४१ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल–हइलले आज शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।