२ चैत्र २०८२, सोमबार
पाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले महामन्त्री गगन थापाले ल्याएको राजनीतिक प्रतिवेदन अर्थपूर्ण नरहेको बताएकी छन्।
सानेपामा जारी केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रममा उनले कांग्रेसले देशको दूरगामी रणनीतिसहितको योजना ल्याउनुपर्नेमा त्यो नभएको बताइन् ।


बैठकको पहिलो दिन महामन्त्री गगन थापाले पेश गरेको २१ पृष्ठको कार्ययोजनाप्रति आरजुले प्रश्न उठाएकी हुन् ।
उनले भनिन्, ‘देश कतातिर जाने राजनीति कतातिर जाने दूरगामी र देशलाई हाँक्ने केही देखिएन । म अचम्भित भएँ महामन्त्रीको प्रतिवेदन राजनीतिक दस्तावेज आउँछ होला सोचेको थिएँ । तर, एउटा एनजीओको रिपोर्ट जस्तो लाग्यो । धेरै कार्यक्रम गर्ने तर त्यसको उपलब्धि के हो त ? क्लियर के हो त ?’