२ चैत्र २०८२, सोमबार
नेपाली कांग्रेसको शुक्रबारको केन्द्रीय समिति सुरु भएको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा केन्द्रीय सदस्यले धारणा राख्न सुरु गरेका छन्।
शुक्रबारको बैठकमा सदस्य राजिव ढुंगानाले सभापति देउवालाई गाली गरेर पार्टीमा रुपान्तरण नहुने बताएका छन्। रुपान्तरको लागि पार्टीमा वृहत छलफल आवश्यक रहेकोले बैठक लम्ब्याउन पनि उनले आग्रह गरेका छन्।


मंगलबार पहिलो बैठकमा प्रस्तुत भएका एजेण्डा र प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले बुधबारदेखि धारणा राख्न सुरु गरेका हुन्। बुधबारको बैठकमा ४६ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका थिए। बिहीबारको बैठकमा ३५ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए।
बैठकमा महामन्त्री द्वयःगगन थापा र विश्वप्रकाश शर्माले १० वटा एजेन्डा र वार्षिक कार्यतालिकासहित प्रतिवेदन पेस गरेका थिए। करिब १ वर्षपछि बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा संस्थापन पक्षका केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवाको बचाउ गरेका छन् भने इतर समूहका नेताले देउवाको कार्यशैलीको चर्को आलोचना गरेका छन्।
विशेषगरी नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रक्राउ परेका पार्टीका नेता बालकृष्ण खाणलाई पार्टीबाट निलम्बन नगरेको र यस विषयमा पार्टीले समान धारणा नबनाएको भन्दै इतर समूहका केन्द्रीय सदस्यले देउवाको आलोचना गरेका हुन्।