२ चैत्र २०८२, सोमबार
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै छ ।
आइतबार बिहान बस्ने सञ्चालक समिति बैठकले मौद्रिक नीति पारीत गरेपछि गभर्नर महाप्रसाद अधिकारीले आजै सार्वजनिक गर्ने तयारी रहेको बुझिएको छ ।


मौद्रिक नीति तर्जुमा कार्यविधि २०७३ मा आर्थिक वर्ष सुरू भएको एक साता भित्र मौद्रिक नीति ल्याउनु पर्ने व्यवस्था छ । सोही व्यवस्थालाई कार्यान्वयन गर्ने गरि भोलि मौद्रिक नीति ल्याउने तयारी गरिएको हो ।
मौद्रिक नीतिले नीतिगत दर, बैंक दर र निक्षेप संकलन दर घटाउने श्रोतले जानकारी दिएको छ । यस्तै, २.५ करोड रुपैयाँ भन्दा कम मूल्यका घर र जग्गा कारोबारलाई चलायमान गराउने गरि लोन टु भ्यालू रेसियो र जोखिम भार कम बनाउने राष्ट्र बैंकको तयारी छ ।