२४ बैशाख २०८३, बिहीबार
नेपाल-भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको छ ।
शनिवार राति करिब ८ बजे अज्ञात समूहले महिलामाथि दुई राउण्ड गोली प्रहार गरेको हो ।


गोली लागेर घटनास्थलमै मृत्यु भएकाे महिलाको पहिचान खुल्न सकेको छैन । भारतीय भूमिमा घटना भएकाले भारतीय प्रहरीले लास पोस्टमार्टमका लागि लगेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी र भारतीय प्रहरीले समन्वय गरी घटनाको अनुसन्धान गरिरहेको छ ।