२ चैत्र २०८२, सोमबार
नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले पार्टीभित्र गुटबन्दी चरम रहेको बताएका छन्।
आइतबारको केन्द्रीय समितिमा आफ्नो धारणा राख्दै उनले पार्टीभित्र गुटबन्दी चरम देखिएको बताएका हुन्।


उनले एक गुटले अर्को गुटको नेतालाई दुश्मनजस्तो व्यवहार गर्ने समेत उल्लेख गरे
नेता पराजुलीले अन्तर्घात गर्नेलाई कडा अनुशासन कारबाही गरिनुपर्ने बताए। आफू प्रदेश सभा चुनाव लड्न हराउन खोजे पनि मेयर हुँदाका बेला गरेको कामले गर्दा जनताको मत जित्न सफल भएको उनको भनाइ छ।
उनले पार्टीका शीर्ष नेताको सम्पत्ति विवरण सार्वजनिक गरिनुपर्ने पनि बताए। ‘सम्पत्ति विवरण पार्टीमा बुझाउने अभियान सञ्चालन गर्नुपर्छ,’ उनले भने।
केन्द्रीय नेता पनि महाधिवेशनअघि वडाबाटै निर्वाचित भएर आउने व्यवस्था विधानमै समावेश गर्न उनले माग गरे।