२ चैत्र २०८२, सोमबार
कोशी प्रदेश सरकार गठनविरुद्ध एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा दायर रिटको पेसी हेर्न नमिल्ने भएको छ । नहकुल सुवेदी र कुमार रेग्मीको संयुक्त इजलासमा परेको पेसीको सुनुवाइ हेर्न नमिल्ने भएको हो ।
न्यायाधीश कुमार रेग्मीले रिट निवेदक हिक्मत कार्की आफ्नो साथी भएकाले मुद्दा हेर्न असहज हुने भन्दै मुद्दा नहेर्ने निर्णय गरेका हुन् । रेग्मीको भनाइ उदृत गर्दै इजलासमा उपस्थित एक जनाले भने, ‘मैले र हिक्मतजीले कक्षा ४ देखि सँगै पढेका हौँ । हुनत सँगै पढेका त धेरै साथी हुन्छन् तर उहाँ मेरो अत्यन्तै मिल्ने साथी भएकाले मलाई अनइजी हुन्छ निर्णय गर्न, त्यसैले मैले हेर्न मिल्दैन ।’


यसअघि एकल इजलासले नियुक्त भएका मुख्यमन्त्रीलाई दीर्घकालीन प्रभाव पर्ने नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिँदै अन्तिम सुनुवाइका लागि साउन ७ गतेलाई पेसी तोक्ने निर्णय गरेको थियो ।