२४ बैशाख २०८३, बिहीबार
बैतडीमा पहिरोले घर पुरिदा आमा छोराको मृत्यु भएको छ।
अविरल वर्षासँगै गएराति माथिबाट आएको पहिरोले घर पुरिँदा पुर्चाैडी नगरपालिका वडा नम्ब २ को भैरु टोलकी २५ वर्षीय अञ्जु जागरी र उनका छोरा ४ वर्षीय रिजन जागरीको मृत्यु भएको प्रहरीले जनाएको छ।


इलाका प्रहरी कार्यालय पाटनका प्रमुख चौधरीका अनुसार मृतक अञ्जुका सासुआमा ४५ वर्षीय राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते भएका छन्। सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षीय जस्मा बोहरा पनि घाइते भएकी छन्। मृतक अञ्जुका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन्।
करिब एक दर्जन चौपायासमेत मरेका वडा सदस्य कृष्ण बोहराले जानकारी दिए।