२ चैत्र २०८२, सोमबार
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठकमा केन्द्रीय सदस्य, मन्त्री र सहमहामन्त्रीले आआफ्नो धारणा राखिसकेका छन् ।
आजको बैठकमा महामन्त्रीद्वय र उपसभापतिद्वयले आफ्नो धारणा राख्ने छन् । त्यसपछि सभापति शेरबहादुर देउवाले आफ्ना कुरा राखेपछि बैठक सकिने छ ।


गत साउन २ गतेदेखि जारी केन्द्रिय कार्यसमिति बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले धारणा राखिसकेका छन् । बैठक दिउँसो ३ बजे बोलाइएको छ ।