२ चैत्र २०८२, सोमबार
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त्रिदेशीय भ्रमणका लागि इन्डोनेसिया प्रस्थान गरेका छन् ।
अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन उनी गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका हुन्।


कम्युनिष्ट पार्टीहरुको बैठकमा सहभागी मुलुकका नेताले आ(आफ्नो मुलुकमा कम्युनिष्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यसको प्रभाव र योगदानबारे छलफल गर्ने छन् ।
बैठकमा सहभागी भएर अध्यक्ष नेपाल त्यहाँबाट सिङ्गापुर र मलेसिया जाने कार्यक्रम छ ।
५ दिने भ्रमणमा उनले तीनवटै मुलुकका शीर्ष नेतासँग शिष्टाचार भेट तथा दुईदेशीय हितका बारेमा छलफल गर्ने उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।