२ चैत्र २०८२, सोमबार
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठसँग अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफ ‘मिसन चिफ’ टिडाइन किन्डा नेतृत्वको टोलीले भेट गरेको छ । आईएमएफको नयाँ मिसन चिफका रुपमा आएका किन्डा नेतृत्वको टोलीले उपाध्यक्ष श्रेष्ठसँग सिंहदरबारस्थित आयोग कार्यालयमा भेट गरेको हो ।
भेटमा आईएमएफले राष्ट्रिय योजना आयोगले तयार गर्ने १६औं योजना तर्जुमाको विषयमा चासो राखेको थियो । १६औं योजनासँगै नेपालको आर्थिक विकास, सरकारका नीति तथा योजना पब्लिक इन्भेस्टमेन्ट म्यानेजमेन्ट एसेसमेन्ट ९पिमा० सुझाव कार्यान्वयनको स्थिति, अल्पविकसित मुलुकको श्रेणीबाट स्तरोन्नति, पुँजीखर्चको अवस्था तथा नेपालको अर्थतन्त्रका तत्कालीन र दीर्घकालीन चुनौतीका विषयमा समेत छलफल भएको थियो ।


छलफलपछि आयोग उपाध्यक्ष श्रेष्ठले नेपाललाई गर्दै आएको सहयोगका लागि आईएमएफको टोलीलाई धन्यवाद दिएका थिए । जुलाई २० मा आएको आईएमएफको टोली २६ जुलाईसम्म नेपालमा रहनेछ । भेटघाटमा आईएमएफका देशीय प्रतिनिधि टेरेसा डवानसान्चेज र आयोगका अधिकारीहरु सहभागी थिए ।