२४ बैशाख २०८३, बिहीबार
बुटवलको तिनाउ र दानव नदीको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ ।
बुटवल ११ मजुवास्थित तिनाउ नदीको बीचमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मिनबहादुर गाहा र दानव नदीमा फसेका बुटवल-१४ कैलाशनगरका जनक घर्तीलाई सशस्त्र प्रहरी,नगर प्रहरी र स्थानीयको प्रयासमा सकुसल उद्धार गरिएको हो ।


तिनाउमा नदीको सतह बढेकाले दाउरा, माछा मार्ने उदेश्य वा खोला हेर्ने उदेश्यले नजान सबैमा अनुरोध गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए।
उनले नदीकिनारमा विपदको टोली र नगरप्रहरी खटाएर सावधानी अपनाईएको बताए। नदीकिनार क्षेत्रमा नगरप्रहरीले माईकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान गरेको छ।