बागलुङ इलाका प्रहरी कार्यालयका इञ्चार्ज मृत फेला

होमल्याण्ड खबर

२०८० श्रावण ९ गते, मंगलवार ११:०४ मा प्रकाशित

 बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका छन् ।

बडिगाड गाउँपालिका-६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेका हुन् ।

वरिष्ठ सई पौडेल बडिगाड गाउँपालिका–६ मा रहेको आशा होटल एण्ड खाजा घरमा मृत भेटिएको प्रहरीले जनाएकाे छ ।प्रहरीका अनुसार गएराति करिब १ बजेको समयमा उनी मृत भेटिएका हुन् ।

अहिले घटनास्थल प्रहरीले सिल गरेको छ। खाजा घरका सञ्चालक आशा कुँवर र उनका छोरालाई नियन्त्रणमा लिइएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङको टोली पुगेपछि अनुसन्धान अगाडि बढ्ने जनाइएको छ।