२ चैत्र २०८२, सोमबार
तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआन च्या च्युन नेतृत्वको टोली फर्केको छ । एमाले अध्यक्ष केपी ओलीसँग एमाले मुख्यालय च्यासल ललितपुरमा बिहान भेटवार्ता गरेर चिनियाँ उच्चस्तरीय टोली स्वदेश फर्केको हो ।
ओली हिजो साँझ मात्र कम्बोडियाबाट फर्केका थिए । ओली कम्बोडिया बाट फर्केलगत्तै बिहान चिनियाँ टोली ओलीसँग भेटका लागि एमाले मुख्यालय पुगेको थियो । ओलीसँगको भेटमा दुई देशका कम्युनिष्ट पार्टीवीचको सहकार्य र आपसी द्विपक्षीय हितका विविध विषयमा केन्द्रीत रहेर उनीहरुले छलफल गरेका थिए ।


चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआन नेतृत्वको टोली साउन ७ गते काठमाडौं आएको थियो ।
उनले काठमाडौ आएकै दिन इटलीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भर्चुअल सम्वाद गरेका थिए । त्यसै दिन उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका थिए । युआन नेतृत्वको टोलीले कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतसाग पनि भेटवार्ता गरेका थिए ।
चिनियाँ नेता लुआन नेतृत्वको टोलीले माओवादी केन्द्रका पदाधिकारीसँग पनि वार्ता गरेको थियो । माओवादीले लुआन आएकै दिन होटल द्दारिकाजमै उनीहरुको सम्मानमा रात्रीभोज कार्यक्रम आयोजना गरेको थियो । चिनियाँ नेताको टोलीको विदाईका लागि नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङ, सचिवहरु हितमान शाक्य, गणेश शाह, डिलाराम आचार्य लगायतका नेताहरु विमानस्थल पुगेका थिए ।