२ चैत्र २०८२, सोमबार
इटली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग इन्टरनेशनल फण्ड फर एग्रिकल्चर आइएफएडीका प्रमुख डा एल्भारो लारियोको भेटवार्ता भएको छ । भेटवार्ता आज बिहान भएको हो ।
नेपालमा समेत विभिन्न परियोजना सञ्चालन गरिरहेको आइएफएडीका प्रमुखले प्रधानमन्त्री प्रचण्डसँगको भेटमा नेपालमा संचालित विभिन्न परियोजनाका बारेमा छलफल गरेको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।


परियोजनाको समीक्षा, आइएफएडी र नेपालबीचका समबन्ध लगायतका बारेमा भेटमा कुराकानी भएको थियो । नेपालमा कृषि क्षेत्रमा आइएफएडीले विभिन्न परियोजनाहरु सञ्चालन गदै आईरहेको छ ।