कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, सभापति देउवाले जवाफ दिने

होमल्याण्ड खबर

२०८० श्रावण १० गते, बुधबार ११:२५ मा प्रकाशित

 नेपाली कांग्रेस केन्द्रिय समिति बैठक आज पनि बस्दैछ ।

ललितपुर सानेपास्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो ४ बजे बोलाइएको छ।

गत साउन २ गते देखी जारी बैठकमा केन्द्रीप्य सदस्यहरुले धारणा राखिसकेपछि गत सोमवार देखि भने पार्टी पदाधिकारीले आफ्नो धारणा राखेका थिए।  जसअनुसार उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला, सीता गुरुङ र राजीव कोइरालाले आ–आफ्नो धारणा राखेका थिए ।

आजको बैठकमा केन्द्रीय सदस्यहरुले राखेका धारणा तथा छलफलका बिषयलाई निष्कर्ष दिने तथा सभापति शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम रहेको जनाइएकाे छ।