बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पक्राउ

होमल्याण्ड खबर

२०८० श्रावण १२ गते, शुक्रबार १२:३१ मा प्रकाशित

मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरको टोलीले पोखरेललाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।

एक युवतीले बलात्कारको आरोपमा उजुरी दिएपछि उनी पक्राउ परेको परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए ।

प्रहरीका अनुसार ती युवतीलाई पोखरेलले घरायसी कामको लागि घरमा राखेका थिए ।