मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध

होमल्याण्ड खबर

२०८० श्रावण १४ गते, आईतवार १०:३८ मा प्रकाशित

चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ । सडक आज बिहान करिब पौने १० बजेदेखि अवरुद्ध भएको हो ।

इच्छाकामना गाउँपालिका–६, कालीखोला पुलनजिकै सडकमाथिबाट पहिरो खसेकाले बाटो अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

उक्त स्थानमा अहिले वर्षा भइरहेकोले पहिरो पन्छाउन केही समय लाग्ने बताइएकाे छ ।