डडेल्धुरा अस्पतालमा सामान्य उपचार गर्न पनि समस्या

होमल्याण्ड खबर

२०८० श्रावण १४ गते, आईतवार १३:५६ मा प्रकाशित

सुदुरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालको सेवाप्रति सेवाग्राहीको गुनासो आउन थालेको छ ।

अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक र स्वास्थ्यकर्मीहरु नहुँदा अस्पतालमा टाढाटाढाबाट आउने बिरामीले स्वास्थ्य सेवा पाउन सकेका छैनन्।

सामान्य उपचारका लागि पनि बिरामीलाई अस्पतालका कर्मचारीले धनगढी, कोहलपुर र भारतका अस्पताल जाने सल्लाह दिने गरेका छन्।

३६ जना चिकित्सकहरुको दरवन्दी भएको डडेल्धुरा अस्पताललाई हाल तीनजना मेडिकल अधिकृतले धानेका छन् भने सामान्य ज्वरोका बिरामीको उपचार पनि हुन नसक्दा रिफरल अस्पतालबाट अन्यत्र रिफर हुन थालेको स्थानीय बताउँछन् ।

अस्पतालमा भौतिक संरचना निर्माणदेखि करोडौंका अक्सिजन प्लान्ट, विभिन्न मेसिन तथा उपकरणहरु अस्पतालभित्र थन्किएका छन्।