९ मंसिर २०८१, आईतवार
मौद्रिक नीतिपछि लगातार ओरालो लागिरहेको सेयर बजार परिसूचक नेप्से आइतबार पनि घटेको छ । आइतबार नेप्से सूचक २६.१४ अंकले घट्दै २१ सयको विन्दुमा ओर्लिएको हो ।
आज ‘क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.१७ अंकले घट्दै ३९९.६६ अंकको विन्दुमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
२६ अंकमाथिले नेप्से सूचक घटेको यस दिन २ अर्ब ५० करोड रुपैयाँ बराबरको ६८ लाख ६० हजार कित्ता सेयर किनबेच भएको छ ।
यसदिन म्युचुअल फन्ड बाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् । फाइनान्स समूहको उपसूचक २.३२ प्रतिशतले घटेको छ भने होटल तथा पर्यटन समूहको उपसूचक २.०८ प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक २.०७ प्रतिशतले घटेको छ । अन्य समूहहरूको उपसूचक २ प्रतिशत भन्दा कमले घटेका छन् ।
लगातार चौथो दिन पनि घटेको ऋणात्मक बनेको छ । नेपाल स्टक एक्सचेन्जका साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक २९.७१ अंकले घट्दै २१ सय २६.४८ अंकको विन्दुमा ओर्लिएको हो । सोमबार यता १०० सय अंकमाथिले नेप्से घटिसकेको छ ।
२९ अंकले नेप्से घटेको बजारमा आज २ अर्ब ४२ करोड ५७ लाख ८० हजार रुपैयाँ बराबरको ६२ लाख ७१ हजार कित्ता सेयर किनबेच भएको छ ।
१३ वटा उपसूचकहरू आज सबै ऋणात्मक भएका छन् ।