१ चैत्र २०८२, आईतवार
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापाले पुनः दाबी पेश गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा थापाले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।
थापा यसअघि सभामुखको हस्ताक्षर प्रयोगगरी मुख्यमन्त्री बनेका थिए । सर्वोच्च अदालतले सभामुखको समर्थन असंवैधानिक ठहर गरेपछि उनको पद गुमेको थियो ।


थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन रहेको छ । गठबन्धनको सरकार बनाउन सभामुख गौतमले आज नै पदबाट राजीनामा दिएका थिए ।
सरकार गठनको लागि प्रदेश प्रमुख पर्शुराम खापुङले आज अपराह्न ५ बजेसम्मको समय दिएका थिए ।